काठमाडौँ, फागुन २ । ललितानिवास जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई मुद्धा नलगाउनुको कारण खोजेको छ । शुक्रबार प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १५ दिनभित्र सोको जवाफ पेश गर्न आदेश गरेको हो ।
बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा पुर्व सचिव देखि अख्तियारका पुर्व प्रमुख लगायत १ सय ७० जनालाई भ्रष्टाचार मुद्धा लगाइएको छ । अख्तियारले तात्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भने छुटकारा दिएको छ ।
बरिष्ठ अधिवक्ता बालकृृष्ण न्यौपानेले तात्कालिन समयका प्रधानमन्त्रीलाई भने छुटकारा दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।