काठमाडौं । काभ्रेको बनेपामा बाटो काट्ने क्रममा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको छ ।
साँगा प्रहरी चौकीमा कार्यरत गुरुङको बनेपा नगरपालिका १३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा मृत्यु भएको हो ।
भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक गुरुङको नवलपरासी घर भएको उनी बिगत ४ वर्षदेखि काभ्रेमा कार्यरत थिए ।