काठमाडौँ, फागुन ४ । स्पेनिस लालिगामा गेटाफेबिरुद्ध बार्सिलोनाले जित हाँसिल गरेको छ । गएराति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा गेटाफे २–१ गोलअन्तरले पराजित भएको हो ।
बार्सिलोनाको जितमा एन्टोइन ग्रिज्म्यान र सेर्गी रोबेर्टोले एकएक गोल गरे ।
खेलको ३३ औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । लगत्तै ३९ औँ मिनेटमा रोबर्टोले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० को अग्रतासहित अगाडी बढेको थियो ।
दोस्रो हाफको ६६ औँ मिनेटमा गेटाफेका एञ्जल रुद्रिगेजले जवाफी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीबाट कुनैपनि गोल हुन नसक्दा बार्सिलोना २–१ ले विजयी भएको हो ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ ।
बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको रियलको पनि ५२ अंक रहेको छ ।
लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।