चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौँ ल्याइयो

दियो पोस्ट  

काठमाडौँ, फागुन ३ । चीनको वुहानमा रहेका १ सय ७५ जना नेपालीलाई उद्धार गरि काठमाडौँ ल्याइएको छ । आइतबार बिहान नेपाल एयरलाईन्सको चार्टर्ड विमानमार्फत उनिहरुलाई काठमाडौँ ल्याइएको हो । वुहानमा कोरोनाभाइरसको महामारी फैलिएपछि सरकारले त्यहाँ रहेका नेपालीहरुको उद्धार गरि स्वदेश फर्काएको हो ।

चीनमा रहेको नेपाली दुतावासले स्वदेश फर्कन चाहनेहरुलाई निवेदन दिन भनेको थियो । सोही अनुसार हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सक सहितको टोली चीन गएको थियो । १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३ः ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ ।

१ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

विमानस्थलबाट उनीहरुलाई सीधै क्वारेन्टाइनका लागि भक्तपुर लगिएको थियो ।

सिफारिस