लगातार तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्दै केजरीवालले लिए ‘सपथ’

दियो पोस्ट  

काठमाडौँ, फागुन ४ । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित समारोहमा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । यो सँगै केजरीवाल लगातार तेस्रो पटक दिल्लीका मुख्मन्त्री भएका हुन् ।

केजरीवालसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिइएको भएतापनी उनि उपस्थित हुन सकेनन् ।

अघिल्लो साता सम्पन्न भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ऐतिहासिक विजय हाँसिल गरेको थियो । सत्तारुढ दल भारतीय जनता पार्टीले विधानसभा निर्वाचनमा लज्जास्पद हार ब्यहार्नुपरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आम आद्मी पार्टी र अरविन्द केजरीवाललाई यसअघि नै वधाई र शुभकामना दिइसकेका छन् ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।