झापा पुगे प्रधानमन्त्री ओली, विमानस्थलमा भव्य स्वागत

दियो पोस्ट  

काठमाडौँ, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो झापा पुगेका छन् । आइतबार हुने विभिन्न कार्यक्रममा भाग लिनका लागि प्रधानमन्त्री ओली झापा पुगेका हुन्् । उनलाई भद्रपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरे ।

प्रधानमन्त्रीको साथमा पुर्वसभामुख तथा नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङ पनि झापा पुगेका छन् । प्रधानमन्त्री ओलीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलको उद्घाटन, दमक नगरपालिका(१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री ओलीले आज अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।