महराबिरुद्धको मुद्धाको बहस सकियो, फैसला भोली आउने

दियो पोस्ट  

४ फागुन, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ ।

आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेकोले सोमबारको समय तोकिएको हो ।

अदालत स्रोतका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।

सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायत आठ जनाअधिवक्ताले बहस गरेका थिए । त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए ।

महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौँको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुङ्गो लगाउन आदेश दिएको थियो ।

महराविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौमा मुद्दा दायर भएको थियो । उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।