काठमाडौँ, फागुन ५ । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाङ्फेलाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि कानुनमन्त्रीको पद रिक्त अवस्थामा रहेको थियो ।
नवनियुक्त कानुनमन्त्री तुम्बाहाङ्फेको आजै सपथ ग्रहण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो साढे ३ बजे तुम्बाहाङ्फेले मन्त्रीको सपथ ग्रहण गर्दै छिन् ।
यसअघि नेकपाबाट सभामुख पदको लागि उम्मेदवारी दिनका लागि उपसभामुख पदबाट तुम्बाहाङ्फेले राजिनामा दिएकी थिइन् । उनलाई पदबाट राजिनामा गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले निकै परिश्रम गर्नुपरेको थियो । आफु कुनैपनि हालतमा उपसभामुख पदबाट राजिनामा नगर्ने अडान राखेकी तुम्बाहाङ्फेले अन्ततः राजिनामा गरेकी थिईन् ।
सोही समयमा नै प्रधानमन्त्री ओलीले तुम्बाहाङ्फेले उचित जिम्मेवारी दिने आश्वासन दिएका थिए । तुम्बाहाङ्फेले राजिनामा गरेपछि नै अग्नीप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुख भएका थिए ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।