काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा दुई बिद्यार्थी संगठनबीच झडप भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा निकट बिद्यार्थी संगठन (अखिल)बीच सोमबार झडप भएको हो ।
नेविसंघले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको आरोप लगाएकाे छ । प्रहरीले समेत नेकपाको अनेरास्ववियूलाई सघाएउँदै नेविसंघकै पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई नियन्त्रणमा लिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए ।
पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ । उनीहरुलाई तत्काल रिहाई गर्न नेविसंघले माग गरेको छ ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।