
जनकपुर । जनकपुरमा एक ४० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेका हुन् ।
बलात्कार गर्नेहरुमध्ये २ जना आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिप्रका धनुषाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्र कुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए । फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भइरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए ।