काठमाडौेँ, फागुन ५ । पुर्व सभामुख कृष्णबहादुर महराको स्वागतका लागि कार्यकर्ताहरु खादा र माला लिएर डिल्लीबजार कारागार परिसरमा उपस्थित भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले महरालाई निर्दोष सावित गर्दै रिहा गर्न आदेश गरेपछि कार्यकर्ताहरु उत्साहित भएका हुन् ।
महराले सफाइ पाएपछि जिल्ला अदालत काठमाडौँमा समेत कार्यकर्ताहरुको घुँइचो लागेको थियो । उनलाई आवश्यक प्रकृया पुरा गर्न भन्दै प्रहरीले डिल्लीबजार कारागार लगेको छ । त्यहाँबाट आज केही समयमा नै महरालाई रिहा गर्न लागिएको हो ।

कारागार परिसरमा सैयौँको संख्यामा उपस्थित भएका कार्यकर्ताहरुले हातमा माला र खादा लिएर महराको प्रतिक्षा गरिरहेका छन् ।

संसद सचिवालयकै महिला कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा गत असोजमा महरा पक्राउ परेक थिए । आफुमाथि जबरजस्तीकरणीको आरोप लागेपछि उनले सभामुख पदबाट राजिनामा दिएका थिए ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।