महरा रिहा भएपछि बाबुराम भन्छन्, ‘मियाँ बीबी राजी तो क्या करेगा पाजी’

दियो पोस्ट  

काठमाडौँ, फागुन ५ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महरा प्रकरणमा आफुले अनुमान गरे बमोजिम नै फैसला आएको बताएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँले महरालाई निर्र्दोष ठहर गर्दै रिहा गरेपछि सामाजिक संजालमा लेख्दै आफुले अनुमान लगाएबमोजिम नै फैसला आएको बताएका छन् ।

‘मियाँ बीबी राजि तो क्या करेगा पाजी’ भन्ने भनाईलाई कोड गर्दै अन्तमा अदालतले सत्य फैसला गरेको बताएका छन् । उनले महरालाई सचेत समेत गराएका छन् । गल्ती नै नभएपनि सार्वजनिक पदमा रहेको व्यक्तिले नीजि जीवनमा पनि सतर्क हुनुपर्ने बताएका छन् ।

उनले महरालाई अब महरालाई बृहत् सामाजिक राष्ट्रिय मुद्धामा केन्द्रित रहन समेत आग्रह गरेका छन् । ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ ! शायद सत्य त्यही हो! मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ ! तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ ! जे हुनु भैगयो !अब बृहद सामाजिक÷ राष्ट्रिय मुद्दामा केन्द्रित होऔं !’ उनले लेखेका छन् ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।