काठमाडौँ, फागुन ६ । गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरिय प्रहरी वृत्त महाराजगंजको टोलीले लामालाई सोमबार राति लाजिम्पाटबाट पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरि सवारी चलाइरहेको अवस्थामा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको हो । मापसे गरि गाडी चलाएको र चेकजाँचका क्रममा प्रहरीसँग नै विवाद गर्न थालेपछि लामालाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।
राजधानी क्षेत्रमा गुण्डागर्दी आएका सत्यमान यसअघि २०७५ मा पक्राउ परेका थिए । त्यतिबेला उनलाई नेकपा सांसद नविना लामाले जमानतमा छुटाएकी थिईन् । त्यसपछि पनि पटकपटक पक्राउ पर्दै आएका लामा पटकपटक छुट्दै आइरहेका छन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।