सवारी दुर्घटनामा गम्भीर घाइते भएका मेजर सिलवालको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, फागुन ७ । सल्यानको चोरखालामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेपाली सेनाका मेजर इश्वर सिलवालको मृत्यु भएको छ ।

गत माघ २९ गते सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको लु १ ग १२३ नम्बरको सेनाको गाडी सल्यानको चोरखालामा दुर्घटना हुँदा सैनिक जवान यादवराज ढरेलको घटनास्थलमै मृृत्यु भएको थियो भने मेजर सिलवालसहित ६ जना घाइते भएका थिए ।

गम्भिर घाइते भएका मेजर सिलवालको विरेन्द्र सैनिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । सिलवाल सेनाको सबुज गणमा कार्यरत् थिए ।

दुर्घटनामा घाइते भएका सैनिक जवानहरु रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठको उपचार भइरहेको छ ।