ललितपुरस्थित लेलेकाे वनमा नग्न अवस्थामा महिलाको शव भेटियो

दियोपोस्ट संवाददाता

काठमाडौं । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा एक महिलाको शव भेटिएको छ । करणी पछि हत्या गरि फालिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।