काठमाडौं । चीनको वुहानबाट उद्दार गरि आइतबार बिहान काठमाडौं ल्याइएका सबै (१७५ जना) नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको रिपोर्ट नेगेटिभ पाइएको छ ।
मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका हुन् ।
मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरमा राखिएको छ ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।