काठमाडौँ, फागुन ७ । सिन्धुपाल्चोकको जुगलमा निर्माणाधिन बलेफी हाइड्रोपावरको ठेकेदारलाई ज्यान मार्ने धम्की दिएका गुण्डा नाइके पासलाल तामाङ पक्राउ परेका छन् । ठेकेदार र अन्य कामदारहरुलाई हातहतियार देखाएर ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका तामाङलाई महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङ सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । उनि जोरपाटी बस्दै गुण्डागर्दी गर्दै आएका प्रहरीले जनाएका छन् । उनलाई गत मंगलबार राजधानीको जडिबुटीबाट पक्राउ गरेको हो ।
३७ बर्षीय तामाङ यसअघि समेत ज्यान मार्ने मुद्धामा करिब १८ महिना जेल सजाय भोगेर निस्किएका थिए । अर्को ज्यान मार्ने मुद्धामा फरार अभियुक्तको रुपमा रहेको प्रहरीले जनाएको छ ।
महाशाखाले उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरि कारवाही गर्नका लागि महानगरिय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।