नयाँ पत्रिकाले ‘मन्त्रीको कमिशन प्रकरण’ लुकाएको भन्दै पुष्प ढुंगानाद्धारा पत्रकारिता छोडेको उद्घोष

दियो पोस्ट  

काठमाडौँ, फागुन ८ । खोज पत्रकारितामा अब्बल मानिएका नयाँ पत्रिकामा कार्यरत पत्रकार पुष्प ढुंगानाले पत्रकारिता बाट ब्रेक लिएको उद्घोष गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत जानकारी गराउँदै आफु पत्रकारीता बाट अलग भएको घोषणा गरेका हुन् ।

संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कमिशन प्रकरणबारे समाचार प्रकाशन गर्नका लागि पत्रिकाले अस्वीकार गरेपछि उनले पत्रकारिता क्षेत्रबाटै विदा लिने बताएका हुन् ।

उनले आक्रोश पोख्दै लेखेका छन् , ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु, खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’