७० करोड प्रकरण: सेक्युरिटी प्रेस खरिद प्रकृया अगाडी नबढाउन लेखा समितिको निर्देशन

दियो पोस्ट  

काठमाडौँ, फागुन ८ । सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि संसदको लेखा समितिमा हंगामा मच्चिएको छ ।

बिहीबार बिहान संचार मन्त्री बास्कोटाले ७० करोडको कमिशन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि समितिले तत्काल सेक्युरिटी प्रेस खरिद प्रकृया अगाडी नबढाउन सरकारलाई निर्देशन दिएको हो ।

बिहीबार बसेको लेखा समितिको वैठकमा कमिशनको बिषयमा बार्गेनिङ भएको अडियोको विषयमा छानविन समिति गठन गरि आवश्यक कदम चाल्नको लागि माग गरिएको छ । काँग्रेस सांसद तथा पुर्व संचार मन्त्रीसमेत रहेका मिनेन्द्र रिजालले सरकारको प्रवक्ताको विषयमा यति ठुलो प्रकरण सार्वजनिक हुँदा त्यसको सत्य तथ्य पत्ता लगाउनका लागि छानविन समिति गठन गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्रका रुपमा परिचित मन्त्री बास्कोटाले भने आफुले बार्गेनिङ नगरेको बताउँदै आएका छन् । यस विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफलमा जुटेका छन् ।