गोकुल बास्कोटालाई राजिनामा गराउन प्रधानमन्त्रीसमक्ष प्रचण्डको सुझाव

दियो पोस्ट  

काठमाडौँ, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संचारमन्त्री गोकुल बास्कोटलाई पदबाट राजिनामा गराउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि अध्यक्ष प्रचण्डले नैतिकताको हिसाबमा बास्कोटाले राजिनामा गर्नुपर्ने सुझाएका हुन् ।

७० करोड कमिशनको बार्गेनिङ भएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबिच आकस्मिक छलफल भएको थियो । प्रकरण सार्वजनिक भएपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई बालुवाटार बोलाएका थिए ।

पार्टी र सरकार दुबैको अस्तित्वमा गम्भिर प्रश्न चिन्ह खडा भएको कारण राजिनामा गरि आवश्यक छानविन गर्नुपर्नेमा प्रचण्डले जोड दिएका थिए । मन्त्री बास्कोटा प्रधानमन्त्रीका प्रीय पात्र भएको कारण प्रधानमन्त्रीले कस्तो निर्णय लिने भन्ने विषय भने प्रतिक्षाको विषय बनेको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।