भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु १८ घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ८ । सुनसरीबाट तीर्थ यात्राका लागि भारत गएका नेपाली सवार मिनिबस दुर्घटनामा परेको छ । ३४ जना नेपाली तीर्थयात्री सवार मिनिबस सलेम बेंगलरु नेशनल हाइवेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा २ जना महिला र ४ जना पुरुष रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । मृतकहरुमा ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरी रहेका छन् । अन्यको भने परिचय खुलाउने कोशिस भइरहेको बताइएको छ ।

दुर्घटनाबाट घाइते भएका १८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र चालक दुबैलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

सिफारिस