गोकुल बास्कोटाको स्पष्टोक्तिः ‘नैतिकताको आधारमा राजिनामा दिएँ’

दियो पोस्ट  

काठमाडौँ, फागुन ८ । गोकुल बास्कोटाले संचार तथा सुचना प्रविधि मन्त्रीबाट राजिनामा गरेका छन् । उनले सामाजिक संजालमार्फत आफुले नैतिकताको आधारमा राजिनामा गरेको बताएका छन् ।

राजिनामा पछि ट्वीटरमा उनले लेखेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।

सिफारिस