अडियो लिक गर्ने मिश्रलाई साइबर क्राइमअन्तर्गत कारवाही गर्न लेखा समितिको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ८ । निवर्तमान संचार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा सँग कमिशनको डिलिङ भएको अडियो रेकर्ड लिक गर्ने विजय प्रकाश मिश्र र प्रकाश किशोर उपाध्यायलाई साइबर क्राइम अन्तर्गत कारवाही गर्न लेखा समितिले निर्देशन दिएको छ ।

समितिका सचिव रोजनाथ पाण्डेले उल्लेखित २ जनाले सांसदबिरुद्ध भ्रामक समाचार फैलाएको दाबी गर्दै कारवाही गर्न साइबर क्राइम ब्युरोलाइ पत्र लेखेका छन् । लेखा समितिमा विचाराधिन भएको विषयमा अनावश्यक रुपमा सांसदको नाम जोडेर सामाजिक संजाल र संचारमाध्यमबाट भ्रम फैलाएको भन्दै मिश्र र उपाध्यायलाई कारबाही गर्न निर्देशन दिइएको हो ।

बिहीबार अडियो रेकर्ड सार्वजनिक भएपछि संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले पदबाट राजिनामा गरिसकेका छन् । सामाजिक संजाल र संचारमाध्यमबाट अडियो सार्वजनिक गर्ने मिश्र सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद प्रकरणमा एजेन्टका रुपमा देखिएका व्यक्ति हुन् ।

सम्बन्धित खबर