पशुपती क्षेत्रमा विशेष ट्राफिक व्यवस्थाः दश स्थानमा सवारी निषेध, यी ठाउँमा पार्किङको व्यवस्था !

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ९ । हिन्दु धर्मावलम्वीहरुले विशेष गरि मनाउने पर्व महाशिवरात्रीको दिन पशुपती क्षेत्रमा हजारौँ दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । दर्शनार्थी र भक्तजनहरुलाई सहज बनाउनका लागि महानगरिय ट्राफिक महाशाखाले पशुपती क्षेत्रमा विशेष ट्राफिक व्यवस्था गरेको छ ।

पशुपती क्षेत्रमा दर्शनार्थीहरुको सहजतालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले १० भन्दा बढी क्षेत्रहरुमा सवारी साधन निषेध गरेको छ । चाबाहिल हुँदै गौशाला जाने सडक, पुरानो बानेश्वर बाट गौशालातर्फ जाने सडक, ज्ञानेश्वर–मैतिदेवि–रातोपुल हुँदै गौशाला आउने सडक, द्वारिका होटलको उत्तर तर्फको शाखा मार्ग लगायतका सडकहरुमा सवारी साधन निषेध गरिएको छ ।

ट्राफिक प्रहरीले सवारी साधन पार्किङको लागि विभिन्न स्थानहरुमा ब्यवस्था गरेको छ । सानो गौचरन, कालोपुल हुँदै सिफल चौर सम्मका स्थान पार्किङका लागि निर्धारण गरिएको छ । त्यस्तै तीनकुने, सिनामंगल हुँदै तिलगंगा सम्मका स्थानहरु पार्किङको लागि निर्धारण गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले निर्धारण पार्किङ र सवारी मार्ग यस्तो छ :

सम्बन्धित खबर

सिफारिस