
बीबीसी । निर्भया सामुहिक बलात्कार प्रकरणमा दोषी ठहरीएका ४ जनालाई अन्तिम पटक उनिहरुको परिवारसँग भेट्ने मौका दिइएको छ । भारतका तिहाड जेलमा रहेका ४ जनालाई फाँसीमा चढाउनुअघि परिवार सँग भेट्ने मौका दिइएको बीबीसीले जनाएको छ ।
तिहाड जेलका अधिकारीले चारै जना अभियुक्तका परिवारलाई चिठ्ठीसमेत लेखिसकेका छन् । समाचार एजेन्सीहरुका अनुसार अभियुक्त मुकेश र पवनले भने आफ्नो परिवारलाई अन्तिम पटक भेट गरिसकेका छन् भने अक्षय र विनयसँग आफ्नो परिवारसँग कहिले भेट्ने भनि सोधपुछ गरिएको छ ।
निर्भयाको सामुहिक बलात्कार पछि हत्या प्रकरणमा यसअघि नै अदालतले चारै जनालाई फाँसीको सजाय सुनाएको थियो । अभियुक्तहरुले राष्ट्रपति समक्ष दया याचिका पत्र पठाएपछि पुर्वनिर्धारित मिति सारिएको थियो । भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले चारै जनाको याचिका खारेज गरेपछि फाँसीको नयाँ मिति तय गरिएको थियो ।
फाँसिको मितिसम्म उनिहरुलाई तिहाड् कारागारमा राखिएको छ । पीडित निर्भयाकी आमा आशादेविले यसपटक कुनैपनि हालतमा दोषीले सजाय पाउनेमा विश्वास ब्यक्त गरेकी छिन् । तिहाड् कारागारका अनुसार दोषी ठहरिएका चारै जनालाई आगामी अप्रिल ३ तारिखको दिन बिहान ५ बजे फाँसीमा झुण्ड्याइने छ ।