दियोपोस्ट संवाददाता
धादिङ, ११ फागुन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेमा ट्रक दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आईतबार विहान ३ बजेर २० मिनेट जाँदा विरगन्जबाट बनेपा तर्फ आउँदै गरेको ना ५ ख ३७७७ नम्बरको शालिमानर सिमेन्ट बोकेको ट्रकको टायर पड्केपछि दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक मकवानपुर भिमफेदी गाउँपालिका २ घर भएका वर्ष ४६ का विके थोकरको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरी रुपनगरका १८ वर्षिय राजेश विकको भने गजुरी अस्पताल उपचार भइरहेको छ । मृतकको शव गजुरी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।