आइबरबिरुद्धको खेलमा मेस्सीको ४ गोल, बार्सिलोना लालिगाको शीर्ष स्थानमा

दियो पोस्ट  

काठमाडौँ, फागुन ११ । स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले आइबरमाथि ५–० गोलको जीत निकालेको छ । जीतसँगै रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना लालिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको शानदार जीतमा कप्तान लिओनल मेस्सीले ४ गोल गरे । खेलको पहिलो हाफमै ह्याट्रिक पुरा गरेका मेस्सीले दोस्रो हाफमा थप १ गोल गरेका थिए । खेलको १४ औँ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका मेस्सीले क्रमशः ३७ र ४० औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको दोस्रो हाफको ८७ औँ मिनेटमा पुन गोल गर्दै मेस्सीले टोलीका लागि ब्यक्तिगत ४ गोल गरे । ८९ औँ मिनेटमा बार्सिलोनाकै अर्थरले थप १ गोल गर्दै आइबरमाथि ५–० गोलको अन्तिम नतिजा निकालेका थिए ।

विपक्षी टोली आइबरको २ प्रहार गोलमा परिणत भएतापनी अफसाइड र फलका कारण रेफ्रीले गोललाई रद्ध गरेका थिए ।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५३ अंक रहेको छ ।

इबर २४ अंकसहित लिगको १६ औं स्थानमा रहेको छ ।

सिफारिस