प्रधानमन्त्री ओलीको ‘६९ औं’ जन्मदिन, नेता तथा कार्यकर्ताद्वारा शुभकामनाको ओइरो

दियो पोस्ट  

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिन । यस अवसरमा बालुवाटारस्थित निवासमा बधाई तथा शुभकामना दिने नेता तथा कार्यकर्ताको घुइँचो लागेको छ ।

प्रधानमन्त्री ओलीका शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।

प्रधानमन्त्रीको जन्मदिन मनाउन बालुवाटार पुगेका नेता तथा कार्यकर्ताले केक, मिठाई, फूलका माला र खादा लिएर गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको छ।