फोटोमा हेर्नुहोस् बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘६९ औँ बर्थ डे सेलेब्रेसन’

दियो पोस्ट  

काठमाडौँ, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मदिन मनाएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्रीका शुभेच्छुक, नेता कार्यकर्ताहरुले उनलाई शुभकामना दिएका छन् ।

जन्मदिनको अवसरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका छन् । त्यस्तै नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।

प्रधानमन्त्रीको जन्मदिन मनाउन बालुवाटार पुगेका नेता तथा कार्यकर्ताले केक, मिठाई, फूलका माला र खादा लिएर गएका थिए ।

प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँ-बायाँ राखेर केकसमेत काटे र वितरण गरे ।

बालुवाटारको कार्यक्रमपछि प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् । उनले आठराईमा जेष्ठ नागरिकलाई न्यानो कपडा र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउँदैछन् । प्रधानमन्त्री ओलीको जन्म दिनको अवसरमा हुने कार्यक्रमलाई मध्यनजर गरी आठराई गाउँपालिकामा सार्वजनिक विदा दिएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।