एजेन्सी । दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
सिओलस्थित नेपाली दूतावासले आइबातर प्रेस विज्ञप्ति जारी गर्दै नोबेल कोरोनाभाइरस संक्रमणबाट जोगिन दक्षिण कोेरियाली सरकारको स्वस्थ्य निकायले जारी गरेको सुरक्षा उपायहरु लागू गर्न विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।
नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ । हालसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण ४ सय भन्दा बढीमा फैलिसकेको छ ।