काठमाडौं, ११ फागुन । टर्कि र ग्रीस पठाइदिन्छु भन्दै भन्दै ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महासाखाको टोलीले कमल प्रसाद पोखरेललाई पक्राउ गरेको हो ।
मोरङ जिल्ला रतुवामाई नगरपालिका ०६ घर भई काठमाडौंको चुच्चेपाटी बस्दै आएका पोखरेललाई प्रहरीले आईतबार पक्राउ गरेको हो ।
उनले ३२ जना व्यक्तिहरुलाई ३९ लाख ५६ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरमिा परेको छ । ठगी अभियुक्त पोखरेल उक्त रकम फरार भएका थिए ।
पक्राउ परेका उनलाई वैदेशिक रोजगार ठगीमा मुद्दा चलाउन विभागमा पठाइएको प्रहरीले जनाएको छ ।