प्रधानमन्त्रीको जन्मदिनः नेपालको नक्सा आकारको केक काटियो, केक ल्याउन हेलिकप्टर चार्टर्ड

दियो पोस्ट  

काठमाडौँ, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मभूमी तेह्रथुमको आठराई गाउँपालिका पुगेर भव्य रुपमा जन्मदिन मनाएका छन् । आजै बालुवाटारमा सामान्य शुभकामना सहित मनाएको भएतापनी जन्मभूमी पुगेर भने भव्य रुपमा मनाएका छन् ।

प्रधानमन्त्रीले जन्मदिनको केकको बिषयमा भने आलोचना शुरु भएको छ । प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन प्रयोग भएको केक नेपालको नक्सा आकारको थियो । नेपालको नक्सा आकारको केकलाई काटेर वितरण गर्दै थिए प्रधानमन्त्री ओली । यसबाट देशलाई नकारात्मक सन्देश गएको टिप्पणी भएको छ ।

नेपालको नक्साआकारको केक काट्नु भनेको देशलाई खण्डित गर्नुको सन्देश जाने आलोचकहरु बताउँछन् ।

अर्को रोचक कुरा, प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि प्रयोग भएको केक बोक्नका लागि हेलिकप्टर नै चार्टर्ड गरिएको बिषय सामाजिक संजालमा भाइरल भएको छ । हेलिकप्टर प्रयोग गरि केक ल्याइएको भिडियो नै सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको चर्को आलोचना शुरु भएको छ ।

ओलीकै जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिकामा सार्वजनिक बिदा दिइएको थियो । प्रधानमन्त्री ओली जन्मथलो आउने भनेपछि गाउँपालिकाले विज्ञप्ती नै निकालेर त्यहाँका सरकारी निकाय र विद्यालयमा बिदा दिइएको थियो ।

TATA ADD