अक्सिजन बिना पाँच दिनभित्र सगरमाथाको सफल आरोहण गर्दै टासी लाक्पा शेर्पा

दियो पोस्ट  

काठमाडौँ, फागुन १२ । ८ पटक सगरमाथा आरोहण सकिसकेका आारेही टासी लाक्पा शेर्पाले अक्सिजनको प्रयोग नगरि सगरमाथा आरोहण गर्ने भएका छन् । आइतबार पर्यटन विभागबाट पाँच दिनभित्र विना अक्सिजन सगरमाथा आरोहण गर्ने अनुमती पाएका हुन् ।

उनि सोमबार नै सगरमाथाको आधारशिविरका लागि निस्किएका छन् । सगरमाथा आरोहणमा नयाँ रेकर्ड राख्नका लागि टासीले हिउँद याममा आरोहण गर्न लागेका हुन् । उनका अनुसार सगरमाथामा आरोहण खुलेदेखि हालसम्म कसैले पनि विना अक्सिजन सगरमाथा आरोहण गरेको रेकर्ड छैन । हिमपात नहुने सगरमाथा चढ्न निकै गाह्रो हुने र निकै समय लाग्ने समेत उनले बताएका छन् । हालसम्म हिउँदे समयमा भएको २ आरोहणमात्र सफल भएको रेकर्ड देखिएको उनले बताए ।

शेर्पाका अनुसार सन् १९८० मा जापानी आरोहीहरु र १९९३ मा पोलिस आरोहीहरुले कम्तीमा दुई महिना लगाएर हिउँदयाममा सगरमाथा आरोहण गरेको रेकर्ड मात्र भेटिएका छन् । आफु ऐतिहासिक रेकर्ड राख्नका लागि पाँच दिनभित्रै सगरमाथाको सफल आरोहण गर्ने उनले बताए ।

लक्ष्यअनुसार उनि सोमबार काठमाडौँ हुँदै लुक्ला पुग्न र त्यहाँबाट हेलिकप्टरमार्फत सगरमाथाको आधारशिविर पुग्ने कार्यतालिका छ । त्यस्तै मंगलबार आधारशिविरबाट ६४ सय मिटर उचाईमा रहेको दोस्रो आधारशिविर, बुधबार ७९५० मिटर उचाइमा रहेको चौथो शिविर र बिहीबार बिहानक सगरमाथाको चुचुरोमा पाइला राख्ने छन् । उनि सोही दिन दोस्रो शिविर झर्ने र पाँचौ दिन हेलिकप्टरबाट काठमाडौँ फर्कने छन् ।

यसबारेमा गिनिज बुकको टोलिलाई पनि जानकारी गराइसकिएको छ ।

टासी लाक्पा वसन्तकालीन हिमाल आरोहण सिजनमा बिना अक्सिजन आरोहण गर्ने पहिलो नेपाली कान्छो आरोही पनि हुन् । उनले ०६२ सालमा १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज वर्ल्ड रेर्कड्समा नाम लेखाएका थिए ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।