दाङ पुगेर महराले भने, ‘अब दङाली जनताको सेवामा समर्पित हुनेछु’

दियो पोस्ट  

काठमाडौँ, फागनु १२ । निवर्तमान सभामुख कृष्ण बहादुर महरा सोमबार आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेका छन् । जबरजस्तीकरणी प्रयासमा जेलबाट रिहा भएपछि उनि आफुलाई जिताउने जनतामाझ पुगेका हुन् । दाङको भालुवाङ स्थित कृष्ण सेन इच्छुकको सम्झनामा बनाइएको इच्छक चोकमा उनको भव्य स्वागत भएको छ ।

इच्छुक चोकमा आयोजित स्वागत कार्यक्रममा आफुलाई अदालतले न्याय दिएको बताएका छन् । अत्यन्त छोटो मन्तब्य राख्दै महराले अबका दिनहरुमा दाङका जनताको हितमा काम गर्ने बताएका छन् ।

उनको स्वागतका लागि स्थानीय नेता कार्यकर्ताहरु उपस्थित भएका थिए । उनलाई टिका र मालाद्धारा सम्मानसहित स्वागत गरिएको थियो ।

रिहा भएपछि संसद भवन नगई उनि आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । आफुलाई सांसद बनाउने जनतामाझ पुुगेर मात्र संसद भवनमा उपस्थित हुने कुरा उनले यसअघि बताएका थिए ।