भुक्तानी नपाएको भन्दै आर्मी हेडक्वार्टर बनाउने मजदुरद्वारा बिरोध प्रदर्शन

दियो पोस्ट  

काठमाडौं । नेपाली सेनाको मुख्यालय (आर्मी हेडक्वार्टर) निर्माण गर्ने मजदुरहरु धर्नामा उत्रिएका छन् । आफुले काम गरे वापतको भुक्तानी नपाएको भन्दै उनीहरुले मंगलबार भद्रकाली अगाडि प्रदर्शन गरेका हुन् ।

मुख्यालयका विभिन्न संरचना निर्माणमा संलग्न सहायक ठेकेदार, सप्लायर्स तथा मजदुरले लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै बिरोध गरे ।

मुख्यालय भवन निर्माण कार्य सकेको ९ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि बाध्य भएर आफूहरू धर्नामा बसेको सहायक ठेकेदार रमेश शिवकोटीले जानकारी दिए ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय भवन निर्माणको जिम्मा सेनाले केसी कन्स्ट्रक्सनलाई दिएको थियो । तर कोसीले सव कन्ट्याक्टर भित्राएर क्वेस्ट इन्फालाई जिम्मा लगाएको थियो ।

क्वेस्टमार्फत विभिन्न सहायक ठेकेदारहरूले भवन निर्माणका विभिन्न कामहरूको जिम्मा पाएका थिए । सहायक ठेकदारहरूले २ वर्ष नौ महिना लगाएर भवन हस्तान्तरण गरेका थिए ।

तर, भवन निर्माणमा संलग्न सहायक ठेकदार, सप्लायर्स र मजदुरले जिम्मेवारी पूरा गरेको ९ महिना बितिसक्दा पनि भुक्तानी पाएका छैनन् ।

धर्नामा बसेका उनीहरूले ‘मजदुर मार्न पाइँदैन’, ‘भुक्तानीको ग्यारेन्टी गर’लगायतका प्लेकार्ड बोकेका छन् । बिहान १० बजेदेखि सुरु धर्ना १२ बजेसम्म जारी रहने सहायक ठेकेदार शिवाकोटीले जानकारी दिए ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।