उद्धब बिक
दोलखा । दोलखाका स्थानीय कर दाताले कर तिर्नको लागि काठमाडौ धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघ र जिल्लावासिको पहलमा आगामी चैत एक गते देखी दोलखाको सदरमुकाम चरिकोटमा आन्तरिक राजस्व कार्यालयको चरिकोटमा स्थापना हुने भए पछि यस्तो झन्झटबाट दोलखाबासीहरु मुक्त हुने भएका हुन् ।
दोलखामै कर कार्यालय राखेर राजधानी पुगेर गर्नुपर्ने सम्पुर्ण करको काम अब जिल्ला बाटै गरिने भएको छ । शुक्रबार र शनिवार आयोजना गरेको करदाताहरुको संयुक्त कर तालिममा आगामी चैत १ गतेदेखी सेवा सुचारू गर्ने गरि कर कार्यालयको स्थापना गर्न लागिएको उद्योग वाणिज्य संघ दोलखाका महासचिव हेमराज रिमालले बताए ।
सदरमुकाम चरिकोटमा आन्तरिक राजस्व विभाग तथा नेपाल वाणिज्य महासंघको आयोजना र दोलखा उद्योग वाणिज्य संघको सहआयोजनामा दुई दिन सञ्चालन गरिएको कर तालिममाले जिल्लाका साना तथा मझौला ब्यवसायीलाई कर त्रुटी कम होस र करको कर्तव्य बोध गराउन तालिम आयोजना गरिएको दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालले बताए
तालिममा सहजीकरण ज्ञानेन्द्र भारी र राजकुमार राईले गराएका थियो। तालीमको पहिलो र दोस्रो दिन कर, आयकर, करदाता, आयको प्रकार, प्यान, स्थायी लेखा नम्बरको लगायतको विषयमा आन्तरिक राजस्व बिभाग केन्द्रका ज्ञानेन्द्र भारीले गराएका छन् ।
तालिममा सहभागीहरुले आन्तरिक राजस्व कार्यालय जिल्लामा चाँडै स्थापना गर्न माग गरेपछि चैत एक गते देखी सुचारू गर्ने गरि कार्यालय स्थापना गर्न लागिएको बताइएको दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधिले बताएका छन् । दुई दिन चलेको तालिममा उद्योग वाणिज्य संघका तिन शाखा मैनापोखरी, सिंगटी,माघदेउराली र जिल्लाका ८० भन्दा बढी उद्योगी,व्यवसायी र सहकारीकर्मी, लेखा क्षेत्रका विद्यार्थीको सहभागिता रहेको थियो । तालिमको निमित्त प्रमुख जिल्ला अधिकारी ओलक बहादुर आलेले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।