दोलखा । प्रविधिको विकास सँगै चिठीपत्र आदानप्रदानमा गिरावट आएपछि दोलखा जिल्ला हुलाक कार्यालय सुनसान बन्दै गएको छ । गाउँगाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग घटेसँगै हुलाकको आकर्षण समेत घट्दै गएको हो ।
व्यक्ति तथा सङ्घ संस्थाले इमेल, इन्टरनेट, फ्याक्स लगायत प्रविधिको प्रयोग हुन थालेको छ । हुलाक कार्यालयमा व्यक्तिगत चिठीपत्र आउनै छोडेको जिल्ला हुलाक कार्यालय दोलखाका कर्मचारी शंकर सापकोटाले जानकारी दिए । सरकारी चिठीपत्रहरुका लागि मात्र हुलाक प्रयोगमा आएको उनले बताए ।
यद्यपी, २०७६ साउनदेखि माघ २९ गतेसम्मको रजिष्टरी पत्र जम्मा ७ हजार ८ सय ३४ रहेको छ । उनले भने, साधारण पत्र ९०१ र रजिष्टरी पुलिन्दा ४१ तथा दु्रत रजिष्टरी २० मात्रै चिठीपत्र आदानप्रदान गरिएको सापकोटाले बताए ।
दोलखा जिल्लाको हुलाक कार्यालयमा हुलाक अधिकृत, सुब्बा ३ जना, खरिदार १ जना, सह लेखापाल १ जना तथा हल्कार १३ जना, हुलाकी १४ जना र १ जना कार्यालय प्रमुख कार्यरत छन् । शान्ता कडरियाले बताइन् । हुलाक दोलखाले टिकट बाहेक चिठीपत्रको रजिष्टरी, रजिष्टरी पुलिन्दा र दु्रत रजिष्टरी सहित ७४ हजार ७ सय ५० रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख शान्ता कडरियाले बताइन्