काठमाडौं । पार्टीभित्र र बाहिर संविधान संशोधनको चर्को आलोचना भएपछि नेकपाले संविधान संशोधन कार्यदललाई निष्कृय बनाउने निर्णय गरेको छ ।
राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार नभए पछि कार्यदल भंग गरिएको हो ।
‘संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अथगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।