फ्रान्स पठाइदिन्छु भन्दै तीन जनाबाट ३८ लाख ठगी गर्ने महिला पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन १५ । वैदेशीक रोजगारको लागि फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १९ स्थित मनमैजु बस्दै आएकी ४३ बर्षीया पुर्णिमा श्रीष रहेकी छन् ।

उनले आकर्षक तलबको प्रलोभनमा पारि फुड प्याकिङ गर्ने कामको लागि फ्रान्स पठाईदिन्छु भन्दै तीन जनाबाट ३८ लाख ५० हजार लिएकी थिईन् ।

पैसा लिएर बेपत्ता भएपछि पीडितहरु शिर बहादुर थापासहितका ब्यक्तिहरुले उनिबिरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा महानगरिय अपराध महाशाखाको टोलीले पुर्णिमालाई बुधबार ४ बजे मनमैजुबाट नियन्त्रणमा लिएको हो ।

महाशाखाले ठगीका अभियुक्त पुर्णिमालाई थप अनुसन्धान र कारवाहीको लागि महानगरिय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।

सम्बन्धित खबर

सिफारिस