कार दुर्घटनामा माले महासचिव सिपी मैनाली घाइते, उपचारको लागि काठमाडौँ ल्याइँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन १५ । नेकपा मालेका महासचिव सिपी मैनाली कार दुर्घटनामा परि घाइते भएका छन् ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनि चढेको बा ४ च २१२० नम्बरको कारलाई विपरित दिशा बाट आउँदै गरेको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यानएकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाबाट मैनालीको खुट्टा फ्याक्चर भएको र शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा सामान्य उपचार गरिएको र थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

सिफारिस