काठमाडौं, १६ फागुन । सेक्युरिटी प्रेस खरिदका विषयमा कमिशन डिल गरेको आरोपमा सुचना तथा सञ्चार मन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाले गाली बेइज्जतीको मुद्दा हालेका छन् ।
सेक्युरिटी प्रेसका स्विस एजेन्ट भनिएका विजय प्रकाश शर्मा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।
‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ,’ बास्कोटाले मुद्दा हालेको जानकारी दिँदै लेखेका छन् ।
सेक्युरीटि प्रेस खरिदका विषयमा ७० करोड कमिशन डिल गरेको अडियो रेकर्ड उनै मिश्रले सार्वजनिक गरिदिएका थिए ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।