महिलामाथि लाठिचार्ज गर्ने इन्सपेक्टरबिरुद्ध छानविन हुने, एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन

दियो पोस्ट  

काठमाडौँ, फागुन १६ । बच्चा बोकेकी महिलामाथि निर्ममतापुर्वक लाठी बर्साउने प्रहरी इन्सपेक्टर देविप्रसाद पौडेलमाथि छानविन हुने भएको छ । प्रहरी प्रधान कार्यलयको निर्देशनपछि जिल्ला प्रहरी कार्यलय ललितपुरका प्रहरी उपरिक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरि छानविन थालिएको हो ।

शुक्रबार बिहान ललितपुरको भैसेँपाटीस्थित नेपाली सेनाको पुर्व जर्नेल हेम खत्रीको घर घेर्न पुगेका महिलाहरुलाई नियन्त्रणमा लिनका लागि प्रहरी इन्सपेक्टर पौडेलले लाठीचार्ज गरेका थिए ।

इन्सपेक्टर पौडेलले बच्चा बोकिरहेका एक महिलामाथि लाठी बर्साएका थिए ।

घटनाको चर्को आलोचना भएपछि प्रहरी प्रधान कार्यलयले आवश्यक छानविन गर्न निर्देशन दिएको हो ।