कोरोनाभाइरसको कारण इरानी राष्ट्रिय फुटसल खेलाडी एलहाम शेखीको मृत्यु

दियो पोस्ट  

एजेन्सी । ईरानी महिला फुटसल राष्ट्रिय टोलीका २२ वर्षीय सदस्य एलहाम शेखीको कोरोनाभाइरसको कारण मृत्यु भएको बताइएको छ ।

चिनबाट फैलन शुरु भएको कोरोना भचाइरसको कारणबाट उनको मृत्यु भएको बताइएइको छ। जसका कारण ईरानले आगामी १० दिनमा फुटबल र फुटसल खेल बाहेक सबै खेल कार्यक्रम स्थगित गरेको बताएको छ।

खेलकुदमा कोरोनाभाइरसका कारण बढेको त्रासका बिच इरानमा सबै खेलकुद कार्यक्रमहरू स्थगित भएको थियो। इरानले यस समस्याका बिचमा फुटबल र फुटसल खेलहरू भने हुने बताइएको छ ।

शेखी रहने प्रान्तको राजधानी क्वम सहरमा सयौं चिनियाँ शिया विद्वानहरू रहेको र त्यहीबाट संक्रमण भएको पुष्टि गरिएको छ ।

शेखीको मृत्युप्रति प्रतिक्रिया व्यक्त गर्दै इरानी अन्तर्राष्ट्रिय महिला फुटसल रेफ्री एसो जावहेरीले इरानले कोरोना भाइरसलाई समान्य रुपमा लिएकोप्रति आक्रोश ब्यक्त गरेकी छिन् ।

यसैबीच एशियाई फुटबल कन्फेडेरेसनले एएफसीका लागि तयार चार इरानी टिमहरूको फुटबल खेलहरू रद्द गरेको बताइएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।