काठमाडौँ, फागनु १६ । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बनेका नायक अनमोल केसीबिरुद्ध ठगीको उजुरी परेको छ । शुक्रबार महानगरिय प्रहरी परिसरमा उनिबिरुद्ध ५ लाख ठगी गरेको आरोपसहित उजुरी परेका हुन् ।
उनले चलचित्र धुपौरे खेल्न सहमती गर्दै निर्माण पक्षबाट ५ लाख एडभान्स लिएको र पछि चलचित्र खेल्न अस्वीकार गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुन लागेको चलचित्र धुपौरेका निर्माचा जयन श्रेष्ठ र रुपेश खड्कीले केसीबिरुद्ध उजुरी हालेका हुन् ।
चलचित्र धुपौरे खेल्नका लागि निर्माण पक्षले गत असोज ३ गते अनमोल केसीसँग सम्झौता गरेका थिए । केसीलाई ४० लाख पारिश्रमिक दिने गरि सहमती भएको उजुरीमा उल्लेख गरिएको छ । चलचित्रका लागि फिटनेस खर्च भन्दै अनमोलले निर्माण पक्षबाट थप २ लाख ५० हजार लिगेको र अन्य कलाकारलाई समेत अग्रिम भुक्तानी गर्न भन्दै ३० लाख बराबरको क्षति पुर्याई सम्पर्क विहीन भएको उजुरीमा उल्लेख गरिएको छ ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।