काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज बस्न लागेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार बुधबार साँझ ५ बजे बैठक बस्ने गरी तयारी भइरहेको छ।
सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी छन्। चैत ६ प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको छ।
अहिले माओवादी केन्द्र र जनमत पार्टी मात्र सरकारमा सहभागी भएका छन्। खाली रहेका १६ वटा मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ।