सरकार विस्तारबारे छलफल गर्न गठबन्धन दलका शीर्ष नेता बालुवाटारमा

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा सरकारलाई पूर्णता दिनेगरी छलफल गरिरहेका छन् ।
चैत ६ गते विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दलसँग छलफल गरेर सरकारलाई पूर्णता दिन लागेका हुन् ।

अहिले पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलका लागि सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगिसकेका छन् ।

वुधबार पनि प्रचण्डले देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थिए । तर, वुधबारको छलफल प्रारम्भिक भएकाले कुनै सहमति बन्न सकेको थिएन ।

सिफारिस