कुन दलबाट क–कसले लिँदैछन् आज मन्त्रीको शपथ ? सूचीसहित

दियो पोस्ट  

सत्तागठबन्धनमा आबद्ध दलले सरकारमा जाने मन्त्रीहरू टुंग्याएका छन्। नयाँ मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ खुवाउँदै छन्। तर, गठबन्धनको सबैभन्दा ठूलो पार्टी कांग्रेसले नै सबै मन्त्रीको नाम टुंग्याउन सकेको छैन।

अहिलेसम्म नाम टुंगो लागेका मन्त्रीहरू

कांग्रेस

पूर्ण बहादुर खड्का – उपप्रधान तथा रक्षामन्त्री
प्रकाशशरण महत – अर्थमन्त्री
रमेश रिजाल – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
सीता गुरुङ – सहरी विकासमन्त्री

नेकपा माओवादी केन्द्र

नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा गृहमन्त्री
शक्ति बस्नेत – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
रेखा शर्मा – सञ्चार तथा सूचना प्रविधिमन्त्री
सुदन किराँती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
अमनलाल मोदी – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

नेकपा एकीकृत समाजवादी

बेदुराम भुसाल – कृषि तथा पशुपक्षी विकासमन्त्री

प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायातमन्त्री

जसपा
अशोक राई – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

लोसपा

शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

नाउपा
रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

नेसपा

महिन्द्र राय यादव – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

जनमत

अब्दुल खान – खानेपानी तथा सरसफामन्त्री