सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ ।
विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताए ।
प्रदेश सभामा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेकाले एमाले माओवादी केन्द्रसँग मेलेर २७ पुसको सहमति अनुसार पाँचै वर्षका लागि जान तयार रहेको समेत स्पष्ट पारे ।
‘हाम्रो लक्ष विकास र समृद्धि हो । कुर्सी हैन। स्थिर सरकारका र विकासका लागि एमाले पुर्वसहमति अनुसार सत्तासाझेदार गर्न तयार छ,’ कँडेलले भने ।