कैलाली । कर्णाली नदीमा हाम फालेका लोकेन्द्र शाहीको शव फेला परेको छ । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा सोमबार हामफालेपछि बेपत्ता भएका युवकको शव फेला परेको हो ।
सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज विहिबार टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको छ ।