काठमाडौं । मनकामनाको दर्शन गरेर फर्केको माइक्रोबस दुर्घटनामा परी एक यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चितवन टाँडी पर्साका १५ यात्रु सवार अनटेस्ट इभी माइक्रो बस सहिद लखन गाउँपालिका ३ कनटार सडकबाट १५ मिटर तल पल्टेर दुर्घटना भएको हो ।
मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सोमबार बिहान ११ बजे भएको दुर्घटनाका घाइतेहरू सबैको तनहूँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।